महिला क्रिकेट : जापानसँग नेपाल ४५ रनले विजयी

हिमाल प्रेस ३ मंसिर २०८० १३:०८ | Sunday, November 19, 2023
महिला क्रिकेट : जापानसँग नेपाल ४५ रनले विजयी

काठमाडौँ- चार देश सम्मिलित महिला टी-२० सिरिजअन्तर्गत तेस्रो स्थानका लागि जापानसँग भएको खेलमा नेपालले जापानलाई ४५ रनले हराएको छ।

११६ रन पछ्याएको जापानले ७० रनमात्रै बनाउन सकेपछि नेपाल विजयी भएको हो।

हङकङमा रहेको खेलमा नेपालले टस जितेर ब्याटिङ गर्दै निर्धारित २० ओभरमा ५ विकेट गुमाएर ११५ रन बनाएको थियो।

नेपालका लागि पुजा महतोले ४३, रोमा थापाले २२, रुबिना क्षेत्रीले २१ तथा कप्तान इन्दु बर्माले १२ रन बनाइन्। जापानका लागि अकारी निशिमुराले २९ तथा हिनासि गोतोले १६ रनको योगदान दिइन्।

प्रकाशित: ३ मंसिर २०८० १३:०८ | Sunday, November 19, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven + 20 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast