महालक्ष्मी विकास बैंकले महालक्ष्मी स्वस्तिक बगैँचाको मर्मत गर्ने

हिमाल प्रेस ११ मंसिर २०८० १६:३९ | Monday, November 27, 2023
महालक्ष्मी विकास बैंकले महालक्ष्मी स्वस्तिक बगैँचाको मर्मत गर्ने

काठमाडौँ– महालक्ष्मी विकास बैंक लिमिटेडले ललितपुर महानगरपालिका वडा नं ५, महालक्ष्मीस्थान मन्दिरमा रहेको महालक्ष्मी स्वस्तिक बगैँचाको मर्मत गर्ने भएको छ।

यसको लागि महालक्ष्मी विकास बैंक र महालक्ष्मीस्थान व्यवस्थापन समितिबीच समझदारी पत्रमा हस्ताक्षर भएको छ। व्यवस्थापन समितिका अध्यक्ष पुरुषोत्तम ढुङ्गाना र बैंकको निक्षेप बजारीकरण तथा संस्थागत सम्पर्क विभाग प्रमुख बसन्त बक्सीले समझदारी पत्रको आदानप्रदान गरेका छन्।

महालक्ष्मी मन्दिर परिसरको प्राकृतिक सौन्दर्यलाई अभिवृद्घि गर्नुका साथै मन्दिरमा दशर्न गर्न आउने दर्शनार्थीलाई स्वच्छ तथा शान्त वातारणको अनुभूति गराउन बैंकले बगैँचा मर्मत गर्न लागेको हो। बैंकले २०७७ सालदेखि बगैँचाको पुनर्निर्माण गर्नुका साथै निरन्तर मर्मत कार्य गर्दै आइरहेको छ।

बैंकले इच्छुक दर्शनार्थीलाई मन्दिरमा डिजिटल दान/भेटी प्रदान गर्न सहजता पुर्‍याउने हेतुले क्यूआर कोडको व्यवस्थासमेत गरेको छ।

प्रकाशित: ११ मंसिर २०८० १६:३९ | Monday, November 27, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 + seven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast