मनकामना केबलकारको वार्षिकोत्सवमा सरसफाइ र रक्तदान

हिमाल प्रेस ७ मंसिर २०८० १३:३१ | Thursday, November 23, 2023
मनकामना केबलकारको वार्षिकोत्सवमा सरसफाइ र रक्तदान

काठमाडौँ– नेपालको पहिलो केबुलकार सेवा सञ्चालक कम्पनी मनकामना दर्शन प्रालिले आफ्नो २५औँ वार्षिकोत्सवको अवसरमा विभिन्न कार्यक्रम गरेको छ।

कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत बिहीबार गोरखाको मनकामना देवीको मन्दिर परिसरमा सरसफाइ कार्यक्रम गरेको छ। सोही दिन केबलकारको तल्लो स्टेसन चेरेसमा रक्तदान कार्यक्रम पनि सम्पन्न गरेको छ। रक्तदानमा कम्पनीका कर्मचारीलगायत मनकामना दर्शन गर्न आएका भक्तजन पनि सहभागी भएका थिए।

२५ वर्षदेखि चितवनको कुरिनटारदेखि गोरखाको मनकामना मन्दिरसम्म केबलकार सेवा सञ्चालन गरिरहेको मनकामना दर्शन प्रालिले माता मनकामनाको मन्दिरलाई मात्रै नभएर चितवनको इच्छाकामना र गोरखाको सहिद लखन गाउँपालिकालाई नै पर्यटकीय गन्तव्यको रूपमा स्थापित गरेको छ। कम्पनीले केबलकार टिकटबाट भएको वार्षिक आम्दानीको १÷१ प्रतिशत हिस्सा यी दुई गाउँपालिकालाई उपलब्ध गराउँदै आएको छ।

प्रकाशित: ७ मंसिर २०८० १३:३१ | Thursday, November 23, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 − 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast