मध्यपहाडमा विकासका सम्भावना बुझ्न यात्रा : ओली

हिमाल प्रेस १४ मंसिर २०८० १०:१८ | Thursday, November 30, 2023
मध्यपहाडमा विकासका सम्भावना बुझ्न यात्रा : ओली

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको ‘संकल्पयात्रा’मा मध्यपहाडी भूभागमा कसरी विकास गर्न सकिन्छ भन्ने अध्ययन गरिने बताएका छन्।

बिहीबार बैतडीको झुलाघाटमा मध्यपहाडी लोकमार्गकेन्द्रित पदयात्रा अभियानको सुरुवात गर्दै उनले सो क्रममा जनताका समस्या सुनिने बताए।

‘मध्यपहाडी भूभागमा विकासका सम्भावना कस्ता छन्? यहाँको जनशक्ति, युवाहरूलाई कसरी यहाँ टिकाउन सकिन्छ? उच्चस्तरीय, गुणस्तरीय शिक्षा, उपयुक्त स्वास्थ्य, रोजगारीका अवसरहरू, उत्पादनले बजार पाउने कुरा, सीप विकास तालिमलगायत कुन–कुन ठाउँको विकास कसरी हुन्छ भन्ने अध्ययन गर्ने। त्यसका लागि हामी जनतासँग सघन संवादमा छौँ,’ उनले भने।

उनले जनताले भोगिरहेका समस्या र एमालेप्रतिको अपेक्षा बुझिने पनि बताए।

‘जनताले भोगिरहेका समस्या कस्ता छन् ? तीनको समाधानमा जनताको अपेक्षा के छ ? खासगरी एमाले देश र जनताका लागि समर्पित छ, यस पार्टी, नेता–कार्यकर्ताहरूसँग जनताका अपेक्षा के छन्? नेता–कार्यकर्ताहरूले कसरी काम गरून् भन्ने जनताको अपेक्षा छ रु ती सबै कुराहरूलाई हेर्न बुझ्न,’ ओलीले भने।

प्रकाशित: १४ मंसिर २०८० १०:१८ | Thursday, November 30, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 + 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast