मतदातालाई धन्यवाद र सुझाव संकलन गर्न रास्वपाले घरदैलो कार्यक्रम गर्ने

हिमाल प्रेस १ मंसिर २०८० १५:१४ | Friday, November 17, 2023
मतदातालाई धन्यवाद र सुझाव संकलन गर्न रास्वपाले घरदैलो कार्यक्रम गर्ने रास्वपा केन्द्रीय कार्यालय

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले शनिबारदेखि घरदैलो कार्यक्रम गर्ने भएको छ। संसदीय निर्वाचनको एक वर्ष पूरा हुँदै गर्दा मतदातालाई धन्यवाद दिन र सुझाव संकलनका लागि रास्वपाले घरदैलो कार्यक्रम गर्ने भएको हो।

रास्वपाका महामन्त्री एवम् प्रवक्ता डा.मुकुल ढकाल भन्छन्,‘चुनावअघि मात्र होइन चुनावपछि पनि घरदैलो कार्यक्रम गर्नपर्छ भन्ने मान्यताअनुरुप हामी घरदैलो कार्यक्रम गर्दैछौँ।’ आगामी सोमबार निर्वाचन सम्पन्न भएको एक वर्ष पूरा हुँदैछ।

पार्टीका सहमहामन्त्री कविन्द्र बुर्लाकोटीले सबै सांसद, उम्मेदवार र केन्द्रीय सदस्यलगायत घरदैलो कार्यक्रममा सहभागी हुने जानकारी दिए।

बुर्लाकोटी भन्छन्,‘नयाँ पार्टीका रुपमा हामी चुनावमा हतारमा थियौँ। त्यस समयमा गरिएको प्रतिबद्धताप्रति प्रतिबद्ध नै छौँ है भन्ने सन्देश दिन पनि जनताको घरदैलो जाँदैछौँ। एक सय ३१ वटा निर्वाचन क्षेत्र र त्यसबाहेक थप १० निर्वाचन क्षेत्र समिति गरी एक सय ४१ निर्वाचन क्षेत्रमा परिचालन हुनेछ।’

प्रकाशित: १ मंसिर २०८० १५:१४ | Friday, November 17, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast