भूकम्पपीडितको सहयोगका लागि अनेरास्ववियूको देउसी

हिमाल प्रेस २८ कार्तिक २०८० ७:३३ | Tuesday, November 14, 2023
भूकम्पपीडितको सहयोगका लागि अनेरास्ववियूको देउसी

काठमाडौँ- जाजरकोट र रुकुम पश्चिमका भुकम्प प्रभावित विद्यार्थीलाई राहत सहयोग गर्ने उद्देश्यले अनेरास्ववियूले देउसी र भैलो सुरु गरेको छ ।

भूकम्पका कारण विद्यार्थीको शैक्षिक सामग्री नष्ट भएको र चिसोको मौसममा उनीहरूलाई न्यानो कपडाको आवश्यकता परेको महसुस गर्दै अनेरास्ववियूले बालबालिका र विद्यार्थीका त्यस्ता आवश्यकता पूरा गर्न देउसी आयोजना गरेको अध्यक्ष आरती लामाले बताइन्।

विद्यार्थी संगठन भएको नाताले विद्यार्थीलाई परेको समस्या अनेरास्ववियूको समस्या भएको उल्लेख गर्दै लामाले आफ्नो पार्टी निकट नेता, कार्यकर्ता एवं व्यवसायीसँग मिलेर देउसी खेलिएको र त्यस बापत उठेको पैसा भूकम्प प्रभावित विद्यार्थीलाई हस्तान्तरण गरिने जानकारी दिइन्।

नेकपा एकीकृत समाजवादी पार्टीका सम्मानित नेता एवं पूर्व प्रधानमन्त्री झलनाथ खनाल निवास डल्लुबाट प्रारम्भ भएको हो। अनेरास्ववियू केन्द्रीय कमिटीले आयोजना गरेको देउसीमा संगठनका उपत्यकामा उपलब्ध नेता, कार्यकर्ताको उपस्थिति रहेको छ।

देउसीबाट उठेको रकम लिएर संगठनको टोली जाजरकोट जाने अनेरास्ववियूको तयारी छ। अनेरास्ववियूले जाजरकोट पुगेर प्रभावित विद्यार्थीका समस्या समाधानमा केन्द्रित हुने र भूकम्पका कारण भत्किएका विद्यालयहरुको पुनःनिर्माणमा जुट्ने तयारी गरेको केन्द्रीय कार्यालय सदस्य नरेश न्यौपानेले जानकारी दिए।

प्रकाशित: २८ कार्तिक २०८० ७:३३ | Tuesday, November 14, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast