भूकम्प प्रभावित क्षेत्रमा एमाले स्वयंसेवक आजदेखि खटिँदै

हिमाल प्रेस १ मंसिर २०८० ८:३१ | Friday, November 17, 2023
भूकम्प प्रभावित क्षेत्रमा एमाले स्वयंसेवक आजदेखि खटिँदै फाइल तस्बिर।

काठमाडौँ- नेकपा एमालेले भूकम्प प्रभावित क्षेत्रमा आजदेखि एक हजार स्वयंसेवक खटाउने भएको छ ।

कात्तिक २२ गते बुधबार बसेको एमाले सचिवालय बैठकले मंसिर १ गतेदेखि भूकम्प प्रभावित जिल्ला जाजरकोट र रुकुम पश्चिममा एक हजार स्वयंसेवक खटाउने निर्णय गरेको थियो ।

सोही निर्णय अनुसार एक हजार स्वयंसेवकले ५ हजार कार्यदिनमा एक करोडभन्दा बढी मूल्यको श्रमदान गर्ने एमालेले जनाएको छ।

‘भूकम्पमा घरबार गुमाएकाहरूको अस्थायी आवास निर्माणको लागि हामीले १ हजार स्वम्सेवकहरु मंसिर १ गतेदेखि खटाउँछौँ । हामीले ५ हजार कार्यदिन भन्दाबढी त्यहाँ खट्नेछौँ । एक करोडभन्दा बढी मूल्यको श्रम गर्नेछौँ’, एमाले उपमहासचिव प्रदीप ज्ञवालीले भनेका छन्, ‘ हजारौँ टहराहरु बनाएर नागरिकहरुलाई न्यानो बसाइँको व्यवस्था गरेर फर्कन्छौँ ।’

यो कामको संयोजन पार्टीको कर्णाली प्रदेश कमिटीले गर्ने एमालेले बताएको छ ।

यसैबीच भूकम्प प्रभावित क्षेत्रको स्थलगत अनुगमन गरेर एमाले केन्द्रीय सदस्य निरज आचार्य नेतृत्वको टोली फर्किएको छ। सो टोलीसँग महासचिव शंकर पोखरेलले पार्टीका ९ वटै प्रदेश कमिटिहरुको प्रतिनिधित्व हुने गरी एक हजार स्वयंसेवक परिचालन गर्न लागेको जानकारी दिए।

जाजरकोट भूकम्प प्रभावितहरुको खोज, उद्धार तथा पुनर्निर्माण लागि नेकपा एमालेको एक सय सदस्यीय स्वयंसेवक टोली जाजरकोट जिल्ला सदरमुकाम खलंगा पुगिसकेको छ।

एमालेको स्वयंसेवक टोलीले पहिलो काम भग्नावशेष पन्छाउने, बन्द भएका बाटोघाटोहरू खुलाउने, खुल्ला आकाशमुनि बसेकालाई सुरक्षित आवासमा सार्ने, अस्थायी शौचालाय निर्माण गर्ने जनाइएको छ।

प्रकाशित: १ मंसिर २०८० ८:३१ | Friday, November 17, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 − 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast