भूकम्प प्रभावितको सहयोगार्थ सुर्खेतमा सांगीतिक साँझ हुँदै

हिमाल प्रेस १४ मंसिर २०८० १८:१३ | Thursday, November 30, 2023
भूकम्प प्रभावितको सहयोगार्थ सुर्खेतमा सांगीतिक साँझ हुँदै

सुर्खेत- सुर्खेतको वीरेन्द्रनगरस्थित सिटी हलमा शुक्रबार जाजरकोट भूकम्पबाट प्रभावित क्षेत्रका महिलाहरूको सहयोगार्थ सांगीतिक साँझ हुने भएको छ। सांगीतिक कार्यक्रमको आयोजना ज्योति फाउन्डेसनले गरेको हो। उक्त कार्यक्रमको तयारी पनि पूरा भएको पत्रकार सम्मेलन मार्फत जानकारी गराइएको छ।

कार्यक्रममा कलाकार तिलक सिंह पेला, शिशिर योगी र राज सिग्देल लगायतका अन्य कलाकारले प्रस्तुति दिने फाउन्डेसनले जनाएको छ। सांगीतिक साँझमा दर्शकका लागि एक हजार र दुई हजारको टिकट वितरण गरिएको छ।

भूकम्प प्रभावित महिला र बालबालिकाको पुनर्स्थापना र गुणस्तरीय शिक्षा प्रदान गर्न सहयोग पुग्ने अपेक्षा गरिएको फाउण्डेसनका अध्यक्ष ज्योति कटुवालले जानकारी दिइन्। कार्यक्रममार्फत कम्तीमा लक्ष्य १५ लाख सहयोग रकम जुट्ने अनुमान गरिएको छ। यसमध्ये आन्तरिक खर्च कम्तीमा ५ लाख अनुमान छ। सांगीतिक साँझलाई गैरआवासीय नेपाली संघ (एनआरएनए)ले मुख्य प्रायोजन र नेपाल टेलिकमले सहप्रायोजन गरेका छन्।

प्रकाशित: १४ मंसिर २०८० १८:१३ | Thursday, November 30, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast