 
                             
                                            काठमाडौँ- गोल्डस्टार जुत्ता कम्पनीले जाजरकोटका भूकम्पपीडितलाई १० हजार थान जुत्ता तथा चप्पल सहयोग गरेको छ।
कम्पनीले पीडितहरूका लागि ३५ लाख ६८ हजार एक सय ५० बराबर रुपैयाँ बराबरका १० हजार २२ थान जुत्ता तथा चप्पल सहयोग गरेको हो।
कम्पनीका कार्यकारी निर्देशक विदुषी राणाले जाजरकोट र रुकुम पश्चिमका भूकम्पपीडितलाई थप सहयोग गर्न कम्पनी प्रतिबद्ध रहेको बताइन्।
                            प्रकाशित: २६ कार्तिक  २०८० १४:४२ 
                        
                        
                    
                        प्रतिक्रिया
                        
		
	
                    
                    
 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 