काठमाडौँ- राष्ट्रिय सूचना आयोगका पदाधिकारीले भूकम्पपीडितका लागि सात दिनको तलब बराबरको रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय भएको छ।
भूकम्पपीडितका राहत सहयोग पुगोस् भन्ने उद्देश्यले आयोगका पदाधिकारीले सहयोग गर्न लागेको प्रवक्ता कमला ओली थापाले जानकारी दिइन्।
कात्तिक १७ गते राति जाजरकोट केन्द्रबिन्दु भई गएको भूकम्पबाट ठूलो जनधनको क्षति भएको थियो।
प्रकाशित: २४ कार्तिक २०८० १९:१३ | Friday, November 10, 2023
प्रतिक्रिया





