 
                             
                                            काठमाडौँ- जाजरकोटका भूकम्पपीडितलाई ज्योति विकास बैंकले आर्थिक सहयोग गरेको छ।
गत १७ कार्तिकमा गएको भूकम्पका कारण प्रभावित सर्वसाधारणलाई सहयोग गर्ने उद्देश्यले बैंकले जिल्ला प्रशासन कार्यालय जाजरकोटसँगको समन्वयमा पीडितलाई सहयोग गरेको हो।
जाजरकोट जिल्ला प्रशासन कार्यालयको भूकम्प प्रभावित राहत कोषमा ५ लाख रुपैयाँ आर्थिक सहयोग गरिएको बैंकले जानकारी दिएको छ।
उक्त कम ज्योति विकास बैंकका तर्फबाट जाजरकोट शाखा प्रबन्धक वीरेन्द्रबहादुर ऐडीले प्रमुख जिल्ला अधिकारी सुरेश सुनार र सहायक प्रमुख जिल्ला अधिकारी हरिश्चन्द्र शर्मालाई हस्तान्तरण गरेका हुन्।
                            प्रकाशित: २२ कार्तिक  २०८० २०:२५ 
                        
                        
                    
                        प्रतिक्रिया
                        
		
	
                    
                    
 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 