भूकम्पपीडितको अस्थायी आवास निर्माणमा सेना, प्रहरीलाई खटाउने निर्णय

हिमाल प्रेस १३ मंसिर २०८० १३:३७ | Wednesday, November 29, 2023
भूकम्पपीडितको अस्थायी आवास निर्माणमा सेना, प्रहरीलाई खटाउने निर्णय फाइल तस्बिर

काठमाडौँ– सरकारले जाजरकोट भूकम्पपीडितको अस्थायी आवास निर्माणका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई खटाउने निर्णय गरेको छ। भूकम्पपीडितलाई तत्काल छानामुनि पुर्‍याउन सुरक्षा अंगलाई अस्थायी आवास निर्माणमा लगाउने निर्णय भएको हो।

मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई अस्थायी आवास निर्माणमा लगाउने निर्णय गरेको सरकारकी प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन्।

अस्थायी आवास निर्माण नहुँदा चिसोका कारण मृत्युसम्म भएको गुनासो आएको भन्दै जिल्ला सुरक्षा समितिअन्तर्गत परिचालन हुने गरी तीनवटै सुरक्षा निकायलाई परिचालन गर्न लागेको उनको भनाइ थियो।

प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा हुने जिल्ला सुरक्षा समितिले परिचालन गर्ने गरी तीनवटै सुरक्षा निकायले स्वयं सेवकका रूपमा काम गर्ने बताइएको छ।

त्यस्तै सरकारले सरकारले आगामी माघ ११ गते राष्ट्रियसभाको निर्वाचन गर्ने निर्णय पनि गरेको छ। आगामी फागुन २० गते निर्वाचित १९ र सरकारबाट मनोनीत एक गरी २० सदस्यको पद रिक्त हुँदैछ।​ राष्ट्रियसभामा प्रत्येक दुई वर्षमा रिक्त हुने एक तिहाइ सदस्य पदको निर्वाचन हुँदै आएको छ।

 

 

प्रकाशित: १३ मंसिर २०८० १३:३७ | Wednesday, November 29, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast