भूकम्पपीडितको अस्थायी आवास बनाउन कांग्रेसले खटायो प्रदीप पौडेल नेतृत्वको टोली

हिमाल प्रेस ४ मंसिर २०८० १७:२३ | Monday, November 20, 2023
भूकम्पपीडितको अस्थायी आवास बनाउन कांग्रेसले खटायो प्रदीप पौडेल नेतृत्वको टोली

काठमाडौँ- नेपाली कांग्रेसले भूकम्प प्रभावित जाजरकोट र रूकुम पश्चिममा अस्थायी आवास बनाउने पार्टीका केन्द्रीय सदस्य प्रदीप पौडेलको नेतृत्वको टोली पठाएको छ। भूकम्प प्रभावित क्षेत्रमा एक हजारवटा अस्थायी आवास बनाउने अभियान अनुसार आज पौडेल नेतृत्वको टोली जाजरकोट प्रस्थान गरेको हो।

सोमबार बिहान सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा बसेको पदाधिकारी बैठकले पनि अस्थायी आवास बनाउन स्वयमसेवक खटाउने निर्णय गरेको थियो। उक्त निर्णयअनुसार पौडेल नेतृत्वको पहिलो टोली भूकम्प प्रभावित क्षेत्रतिर लागेको हो।

कांग्रेसले इन्जिनियर, डकर्मीसहित २५ वटा टोली भूकम्प प्रभावित क्षेत्रमा टहरा बनाउन परिचालन गर्ने निर्णय गरेको थियो। एउटा टोलीमा १० जनाका दरले स्वयमसेवक हुनेछन्। पौडेल नेतृत्वको टोलीमा नेता डिल्लीराम सुवेदी, सुशील भट्ट, पुष्प बस्नेत, दिपक कँडेल, भागवत रेग्मी, सुवास घिमिरे, जीवन सुवेदी, नवराज डागीलगायत छन्।

जाजरकोटको नलगाड नरगपालिका पौडेलले मंगलबारदेखि टहरा निर्माण कार्य सुरू गरिने बताए। नेपालगन्ज र सुर्खेतबाट ३५ जना सिकर्मी–डकर्मी, ५–६ जना इन्जिनियर लगिएको उनको भनाइ छ। जाजरकोटमा सय जना स्वयंसेवी अस्थायी आवास निर्माणमा परिचालन हुने छन्। पौडेल नेतृत्वको टोली सय वटा अस्थायी आवास बनाएपछि काठमाडौँ फर्किने छ।

प्रकाशित: ४ मंसिर २०८० १७:२३ | Monday, November 20, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve − 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast