भूकम्पपीडितका लागि आचार्य बन्धु समाजको सहयोग संकलन अभियान

हिमाल प्रेस ११ मंसिर २०८० २१:४२ | Monday, November 27, 2023
भूकम्पपीडितका लागि आचार्य बन्धु समाजको सहयोग संकलन अभियान

काठमाडौँ- आचार्य बन्धु समाज नेपालले जाजरकोट र रुकुमका भूकम्पपीडितका लागि सहयोग संकलन गरिरहेको छ। हालसम्म ३४ हजार ४७४ रुपैयाँ संकलन भइसकेको समाजका केन्द्रीय अध्यक्ष बाबुराम आचार्यले जानकारी दिए। उनका अनुसार सहयोग रकम सरकार तथा सरोकारवाला निकायसँग छलफल गरेर भूकम्पपीडितलाई वितरण गरिनेछ।

समाजका केन्द्रीय सदस्य रामहरि आचार्यले ‘जति सकिन्छ सहयोग गरौँ, मानवीय कार्यमा शंका नगरौँ’ भन्ने नाराका साथ पारदर्शी ढंगले सहयोग संकलन गरिरहेको र वितरण पनि पारदर्शी ढंगले गरिने बताए।

सहयोग गर्न चाहनेका लागि आचार्य बन्धु समाज नेपालको हिमालयन बैंक नयाँ बानेश्वर शाखामा रहेको खाता नम्बर ०२७०४३२६४४००१३ मा सहयोग रकम जम्मा गर्न सकिने सिन्धुली-काठमाडौँ सम्पर्क समिति सभापति एवं सहयोग संकलन समिति सदस्य अमृत आचार्यले जानकारी दिए।

सहयोग रकम जम्मा गरेपछि जानकारीका लागि ९८५१०२७२८३, ९८५१०६८०३२, ९८५१०५१७६३ मा सम्पर्क गर्न समाजले आग्रह गरेको छ।

 

प्रकाशित: ११ मंसिर २०८० २१:४२ | Monday, November 27, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight + 20 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast