काठमाडौँ- सरकारले जाजरकोट भूकम्पबाट घाइते भएका सबैको निःशुल्क उपचार गर्ने निर्णय गरेको छ। आइतबार बसेको मन्त्रिपरिषद बैठकले गत शुक्रबार जाजरकोट केन्द्रविन्दु बनाएर गएको भूकम्पबाट घाइते भएका सबैको निःशुल्क उपचार गर्ने निर्णय गरेको स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहन बहादुर बस्नेतले जानकारी दिए।
भूकम्पपीडितहरूको उद्धार कार्य सकिएकाले अब घाइतेको उपचार, राहत र पुनर्स्थापनाको कामलाई सरकारले तीव्रता दिने निर्णय गरेको छ। काठमाडौँमा वीर, ट्रमा, टिचिङ, गंगालाललगायतका अस्पताल अलर्ट अवस्थामा राखिएको स्वास्थ्यमन्त्री बस्नेतले नभएको बताए।
प्रकाशित: १९ कार्तिक २०८० ११:२० | Sunday, November 5, 2023
प्रतिक्रिया





