काठमाडौँ- बालाजु औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले विभिन्न पदका लागि कर्मचारी मागेको छ।
शुक्रबार सूचना प्रकाशन गर्दै बालाजु औद्योगिकले वरिष्ठ अधिकृतदेखि सहायकसम्मका २० जना कर्मचारी मागेको हो।
सातौं तहको वरिष्ठ अधिकृत १ जना, सातौं तहको इलेक्ट्रिकल इन्जिनियर, छैठौं तहको अधिकृत, सब इन्जिनियर, कार्यालय सहायक लगायत विभिन्न तहका लागि बालाजु औद्योगिकले दरखास्त आह्वान गरेको हो।
इच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकहरूकलाई पुस १४ गतेसम्म दरखास्त दिन आग्रह गरेको छ।

प्रकाशित: ८ मंसिर २०८० ७:३७ | Friday, November 24, 2023
प्रतिक्रिया




