बल्खुमा झडप, थप १० गाडी प्रहरी लगियो

हिमाल प्रेस ७ मंसिर २०८० १२:१९ | Thursday, November 23, 2023
बल्खुमा झडप, थप १० गाडी प्रहरी लगियो

काठमाडौँ- काठमाडौँको बल्खु चोकमा दुर्गा प्रसाई र नेकपा एमालेनिकट युवा संघका कार्यकर्ताबीच झडप भएको छ। कीर्तिपुरबाट आएको युवा संघको टोलीले प्रसाईका समर्थकमाथि ढुंगामुढा गर्दै आक्रमण गरेको हो। युवा संघका कार्यकर्ताले सडकमा हिँडिरहेका मानिसहरूलाई, सवारी चालकलाई कुटपिट गर्दै सवारी तोडफोड पनि गरेका छन्।

बल्खुमा तनाव बढेपछि थप १० गाडी प्रहरी पुर्‍याइएको छ। काठमाडौँमा आज युवा संघ र प्रसाईका समर्थकको शक्ति प्रदर्शन हुँदैछ।

प्रकाशित: ७ मंसिर २०८० १२:१९ | Thursday, November 23, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast