 
                             
                                            काठमाडौँ– फिल्म ‘ऐरी’ मार्फत अभिनेता प्रदिप खड्का बलिउडमा प्रवेश गरेका छन्। निर्माण टिमले अभिनेता खड्काको भूमिकासहितको माेसन पोस्टर र टिजर सार्वजनिक गर्दै फिल्म घोषणा गरेको हो।
भिडियोमा प्रदिप टाउकोमा खुकुरी सहित गुथिएको फेटामा देख्न सकिन्छ। ‘ऐरी’को अर्थ सिकारी हो। भिडियोबाट फिल्मको कथा बाघको सिकारको सेरोफेरोमा रहेको अनुमान गर्न सकिन्छ।
जीवन थापाको निर्देशनमा बन्ने फिल्म आगामी वर्ष प्रदर्शन गरिनेछ। फिल्म सुवास काले, प्रशान्त कुँवर गुप्ता र राजव कुँवरले लगानी गर्नेछन्।
                            प्रकाशित: १३ मंसिर  २०८० १३:११ 
                        
                        
                    
                        प्रतिक्रिया
                        
		
	
                    
                    
 हिमाल प्रेस
                     हिमाल प्रेस                    ![‘प्रकाश’ युट्युबमा सार्वजनिक [भिडियोसहित]](https://himalpress.com/wp-content/uploads/2025/10/prakash-film.jpg) 
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 