बंगलादेशमा चक्रावतका कारण ७ जनाको मृत्यु

हिमाल प्रेस २ मंसिर २०८० १८:२० | Saturday, November 18, 2023
बंगलादेशमा चक्रावतका कारण ७ जनाको मृत्यु

ढाका- बंगलालादेशमा आएको चक्रवात ‘मिधिली’को कारण ७ जनाको मृत्यु भएको छ। चक्रवातले शुक्रबार दिउँसोपछि बंगलादेशको तटीय क्षेत्रमा ठूलो क्षति पुर्‍याएको हो।

राजधानी ढाकाबाट करिब ४०० किलोमिटर दक्षिणपूर्वमा पर्ने कक्स बजारमा भारी वर्षाका कारण माटोको घरको पर्खाल भत्किँदा एकै परिवारका ४ जनाको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले जानकारी दिएका छन्।

दक्षिणपूर्वी चट्टोग्राम र मध्य टांगोल जिल्लामा रूखले किचेर थप तीन जनाको मृत्यु भएको छ। आँधीले तटीय जिल्लाहरूमा बालीनालीमा क्षति पुर्‍याएको छ भने दशौँ हजार मानिसलाई सुरक्षित स्थानमा सारिएको छ।

बंगलादेशको तटीय क्षेत्रमा शुक्रबार भीषण हावाहुरीका कारण बिजुलीका खम्बा उखेलेपछि विद्युत आपूर्ति बन्द भएको छ। चक्रावतले अनुमान गरेभन्दा छिटो भूस्खलन गरेका कारण माझीहरूलाई सुरक्षित आश्रय स्थलमा सारिएको छ।

स्थानीय अङ्ग्रेजी पत्रिका न्यू एजले शनिबार प्रकाशित गरेको एक रिपोर्टमा ‘बरगुना डिस्ट्रिक्ट फिसिङ ट्रालर ओनर्स एसोसिएसन’का अध्यक्ष गोलम मोस्तोफा चौधरीलाई उद्धृत गर्दै भनिएको छ, ‘३०० जना मछुवा बोकेका २५ वटा माछा मार्न प्रयोग गरिने साना डुंगा गन्तव्यसम्म फर्केका छैनन्।’ रासस/सिन्ह्वा

प्रकाशित: २ मंसिर २०८० १८:२० | Saturday, November 18, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − 12 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast