फिफा विश्वकप छनोट : नेपाल यूएईसित पराजित

हिमाल प्रेस १ मंसिर २०८० ७:१६ | Friday, November 17, 2023
फिफा विश्वकप छनोट : नेपाल यूएईसित पराजित

काठमाडौँ- फिफा विश्वकप, २०२६ छनोटअन्तर्गत दोस्रो चरणको पहिलो खेलमा नेपाल युनाइटेड अरब इमिरेट्स (यूएई)सित पराजित भएको छ। बिहीबार राति यूएईको दुबईमा भएको खेलमा यूएईले नेपाललाई ४-० गोलअन्तरले पराजित गरेको हो।

यूएईका लागि कप्तान अलि मखबूटले दुई तथा खलिफा अल हम्मादी र फावियो लिमाले एक-एक गोल गरेका थिए। यूएईले चारै गोल पहिलो हाफमा गरेको हो। दोस्रो हाफमा भने नेपालले यूएईलाई गोल गर्नबाट रोकेको थियो।

पहिलो हाफमा यूएईले नेपाललाई पुरै दबाबमा राखेको थियो। खेलको १०औँ मिनेटमा यूएईका लागि खलिफा अल हम्मादीले पहिलो गोल गरेका थिए। खेलको ३४औँ मिनेटमा यूएईले पेनाल्टीमार्फत दोस्रो गोल गरेको थियो।

उक्त गोल अली मखबूटले गरेका थिए। यस्तै खेलको ४४औँ मिनेटमा यूएईका लागि मखबूटले नै अर्को गोल गरे। यस्तै यूएईका लागि पहिलो हाफको अतिरिक्त समयमा फाबियो लिमाले थपिएको समयको पहिलो मिनेटमा खेलको चौथो गोल गरे।

प्रकाशित: १ मंसिर २०८० ७:१६ | Friday, November 17, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast