प्रहरीले भन्यो : सुरक्षाका कारण तिहारमा मुलुकभर अपराधका ठूला घटना हुन पाएनन्

हिमाल प्रेस ३० कार्तिक २०८० १३:५४ | Thursday, November 16, 2023
प्रहरीले भन्यो : सुरक्षाका कारण तिहारमा मुलुकभर अपराधका ठूला घटना हुन पाएनन्

काठमाडौँ- नेपाल प्रहरीले तिहारमा छिटफुट घटनाबाहेक समग्रमा मुलुकभरको आपराधिक घटना सामान्य रहेको जनाएको छ। केन्द्रीय प्रहरी प्रवक्ता कुवेर कडायतका अनुसार तिहारमा विगतको तुलनामा कम आपराधिक घटना भएका छन् तर सडक दुर्घटना भने केही बढेका छन्।

‘समग्रमा तिहारभर आपराधिक घटना सन्तोषजनक रह्यो। छिटफुट घटना भए पनि विगतका जस्तो ठूलो ‘ग्याङ फाइट’ भएको छैन। सडक दुर्घटना चाहिँ केही बढेको अनुमान गरिएको छ, केही दिनभित्रै त्यसको यकिन तथ्याङक सार्वजनिक गरिनेछ’, उनले भने।

तिहारको समयमा देशभर सडक दुर्घटना बढेको प्रहरीको अनुमान छ। दीपावलीमा केही ठूला आगलागीका घटना पनि भएका छन्। विगतका वर्षमा भन्दा यसवर्ष बढी जुवा तास खेल्ने पक्राउ परेका छन्।

प्रवक्ता कडायतले तिहार आजसम्मै भएको र देशभरबाट तथ्याङक सङ्कलनको कार्य भइरहेकाले एक-दुई दिनभित्रै तिहारको घटनाको विवरण आउने अपेक्षा गरे।

प्रकाशित: ३० कार्तिक २०८० १३:५४ | Thursday, November 16, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast