प्रधानमन्त्री भन्छन्– प्रदेश प्रहरी ऐन छिट्टै आउँछ

हिमाल प्रेस १ मंसिर २०८० १५:३२ | Friday, November 17, 2023
प्रधानमन्त्री भन्छन्– प्रदेश प्रहरी ऐन छिट्टै आउँछ फाइल तस्बिर।

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रदेश सरकारका लागि आवश्यक ऐन छिट्टै आउने बताएका छन्। तनहुँको आँबुखैरेनी गाउँपालिकामा निर्माण भएको आँबुखैरेनी अस्पतालको शुक्रबार उद्घाटन गर्दै उनले प्रहरी समायोजन ऐन, निजामती ऐन र संघीय शिक्षा ऐन छिट्टै पारित गरेर कार्यान्वयनमा आउने बताएका हुन्।

‘प्रहरी समायोजन ऐन त बनिसकेको छ। कार्यान्वयनको कुरामात्रै हो। गएको ३/४ दिन लगातार प्रहरी, गृहमन्त्रालय र प्रधानमन्त्री कार्यालयमा लगातार छलफलमा छु,’प्रधानमन्त्री प्रचण्डले भने। कार्यक्रममा प्रचण्डले संघीय निमामती ऐन छिट्टै पारित हुने बताए। गठबन्धनभित्र सहमति गराउने कुरा आफैंमा चुनौतिपूर्ण रहेको भन्दै उनले धेरै मिहिनेत गरेर संघीय निजामती ऐन बनाइएको बताए।

प्रचण्ड भन्छन्, ‘गठबन्धनभित्र सहमति गराउने कुरा आफैंमा चुनौतीपूर्ण कार्य थियो, सहमति भएको छ। क्याबिनेटबाट त्यो पास भएको छ अब सदनभित्र लगेर पारित गर्ने कुरा छ।’ संघीय शिक्षा ऐन सदनमा पुगिसकेर समितिमा छलफलको क्रममा रहेको प्रधानमन्त्री प्रचण्डले बताए।

प्रकाशित: १ मंसिर २०८० १५:३२ | Friday, November 17, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve + 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast