प्रधानमन्त्री प्रचण्डले आज कीर्तिपुरका जनतासँग साक्षात्कार गर्ने

हिमाल प्रेस २५ कार्तिक २०८० ७:४४ | Saturday, November 11, 2023
प्रधानमन्त्री प्रचण्डले आज कीर्तिपुरका जनतासँग साक्षात्कार गर्ने

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज (शनिबार) कीर्तिपुरका जनतासँग साक्षात्कार गर्ने भएका छन्।

एकीकृत नेकपा माओवादी केन्द्रले सञ्चालन गरेको ‘जनतासँग माओवादी : विशेष रुपान्तरण अभियान’ अन्तर्गत शनिबार बिहान प्रचण्डले कीर्तिपुरका जनतासँग साक्षात्कार गर्न लागेका उनको सचिवालयले जनाएको छ।

माओवादी केन्द्र कीर्तिपुर नगर समितिको आयोजनामा हुने कार्यक्रम शनिबार बिहान नौ बजेदेखि सुरु हुँदैछ।

कीर्तिपुर ९ स्थित बाघभैरव ब्यांक्वेट, नगाउँमा कार्यक्रम हुने माओवादी केन्द्र कीर्तिपुर नगर समितिले जनाएको छ।

प्रकाशित: २५ कार्तिक २०८० ७:४४ | Saturday, November 11, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast