प्रचण्डले बाबुरामलाई भने : पार्टी एकताका लागि दबाब आएको छ

हिमाल प्रेस २ मंसिर २०८० ९:१७ | Saturday, November 18, 2023
प्रचण्डले बाबुरामलाई भने : पार्टी एकताका लागि दबाब आएको छ

काठमाडौँ- प्रधानमन्त्रीसमेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तत्काल पार्टी एकताका लागि नेपाल समाजवादी पार्टी (नेसपा)का नेताहरूबाट दबाब आएको बताएका छन्।

जाजरकोट भूकम्प पीडितलाई सहयोगार्थ १० लाख रुपैयाँको चेक हस्तान्तरण गर्न गत सोमबार प्रधानमन्त्री निवास बालुवाटार पुगेका नेसपा अध्यक्ष डा.बाबुराम भट्टराईसहितसँग प्रचण्डले नेसपा नेताहरूबाट दबाब आएको बताएका हुन्।

चेक हस्तान्तरण कार्यक्रमा सहभागी एक नेताले प्रचण्डको भनाइ उद्घृत गर्दै भने, ‘हामीहरू तपाईं (बाबुराम भट्टराई) ले भनेकै समाजवादी बाटोमा हो। हामी सँगै अगाडि जानका लागि वातावरण निर्माण गर्न साथीहरूबाट दबाब आएको छ।’

प्रचण्डले सो कुरा सुनाएपछि भट्टराईले आफ्नो काममा ध्यान दिन सुझाए। बाबुरामको भनाइ उद्घृत गर्दै ती नेताले भने,‘तपाईंहरू आफ्नो काम गर्नुहोस्। हामी पनि आफ्नो काम गर्दैछौं।’

नेसपामा माओवादी केन्द्रसँग एकता गरिहाल्नुपर्ने र वैकल्पिक राजनीति अगाडि बढाउनुपर्ने विषयमा संघर्ष चलेको छ। महिन्द्र राय यादव, गंगानारायण श्रेष्ठलगायत केही नेताहरू तत्काल माओवादीसँग एकता गर्नुपर्ने पक्षमा रहेको स्रोतले जनाएको छ।

प्रकाशित: २ मंसिर २०८० ९:१७ | Saturday, November 18, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight + eight =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast