पोखरामा आगलागी हुँदा २० लाखभन्दा बढीको क्षति

हिमाल प्रेस २९ कार्तिक २०८० ९:४४ | Wednesday, November 15, 2023
पोखरामा आगलागी हुँदा २० लाखभन्दा बढीको क्षति

पोखरा- पोखराको एक फोटो स्टुडियोमा आगलागी हुँदा २० लाखभन्दा बढीको क्षति भएको छ । जनप्रिय क्याम्पस अगाडिको अर्पन क्रियसनमा आगलागी भएको हो ।

फोटो तथा भिडियोको काम गर्ने स्टुडियोमा आगलागी हुँदा झण्डै २० लाख रुपैयाँ बराबरको क्षति भएको दाबी गरिएको छ ।

स्टुडियोमा रहेका सामग्रीहरु ९५ प्रतिशत बिग्रिएको संचालक फडिन्द्र भण्डारीले बताए । विद्युत् सर्ट भएर आगलागी भएको प्रहरीले जनाएको छ ।

प्रकाशित: २९ कार्तिक २०८० ९:४४ | Wednesday, November 15, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five + 14 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast