पोखराको होटलमा तनहुँकी सुकु मृत फेला, पाँच जना पक्राउ

हिमाल प्रेस ६ मंसिर २०८० १३:४७ | Wednesday, November 22, 2023
पोखराको होटलमा तनहुँकी सुकु मृत फेला, पाँच जना पक्राउ प्रतीकात्मक तस्बिर।

काठमाडौँ- पोखराको एक होटेलमा महिला मृत भेटिएकी छन्। तनहुँकी सुकु विक गएराति होटेल युनिकमा मृत भेटिएकी हुन्। सुकु पोखराको पृथ्वीचोकस्थित एक होटेलमा काम गर्दै आएकी थिइन् तर उनी काम गर्ने भन्दा फरक होटेलमा मृत भेटिएको प्रहरीले जनाएको छ।

मृत अवस्थामा सञ्चालकले फेला पारेपछि प्रहरीलाई खबर गरेका थिए। जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) मोहनकुमार थापाले मृतकको शव हेर्दा शंकास्पद देखिएको बताए।

एसपी थापाले होटेलमा सीसीटीभी नभएको र परिचयपत्र समेत नराखेको बताए। घटनाबारे थप अनुसन्धान भइरहेको उनले जानकारी दिए।

प्रकाशित: ६ मंसिर २०८० १३:४७ | Wednesday, November 22, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast