पूर्वराजालाई निर्मल निवासबाट खेदाउने महेश बस्नेतको चेतावनी

हिमाल प्रेस ७ मंसिर २०८० १३:०७ | Thursday, November 23, 2023
पूर्वराजालाई निर्मल निवासबाट खेदाउने महेश बस्नेतको चेतावनी

काठमाडौँ- नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतले पूर्वराजालाई निर्मल निवासबाट खेदाउने चेतावनी दिएका छन्। युवा संघ नेपालले बिहीबार काठमाडौँको तीनकुनेमा आयोजना गरेको सरकारविरोधी प्रदर्शनमा सम्बोधन गर्दै बस्नेतले पूर्वराजा ज्ञानेन्द्र शाहले गणतन्त्रविरोधी गतिविधि गरिरहेको आरोप लगाए।

बस्नेतले आन्दोलनलाई खुर्सानीको धुप हाल्ने अवस्थामा पुर्‍याउन सरकारसँग आग्रह गरे। उनले प्रचण्ड सरकारको आयु छोटो रहेको पनि बताए। नेता बस्नेतल गणतन्त्रबारे प्रश्न उठ्दा एमाले अघि बढेको पनि बताए। उनले भने, ‘हामी गणतन्त्र, समाजवाद र सामाजिक सद्भावका पक्षमा लागेका छौँ।’

यसैगरी उनले बल्लुमा युवाको जत्था लिएर जाने चेतावनी समेत दिएका छन्। बल्खुमा दुर्गा प्रसाई समर्थकले प्रदर्शन जारी राखेका छन्। राजधानीका दुई ठाउँमा विरोध प्रदर्शन हुँदा उपत्यकाको ट्राफिक व्यवस्थापन अस्तव्यस्त भएको छ।

प्रकाशित: ७ मंसिर २०८० १३:०७ | Thursday, November 23, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 + 14 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast