पूर्वएआईजी चन्दले भने : मलाई ‘हनी ट्रयापिङ’मा पारियो एक घन्टामा नाम सार्वजनिक गर्छु

हिमाल प्रेस ५ मंसिर २०८० १५:२६ | Tuesday, November 21, 2023
पूर्वएआईजी चन्दले भने : मलाई ‘हनी ट्रयापिङ’मा पारियो एक घन्टामा नाम सार्वजनिक गर्छु

काठमाडौँ– पूर्वएआईजी रणबहादुर चन्दले आफू ‘हनी ट्र्यापिङ’ मा परेको बताएका छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत उनले केहीबेरमा हनी ट्र्यापरको नाम पनि सार्वजनिक गर्ने उल्लेख गरेका छन्।

आज बिहान १०:२ मा उनले लेखेका छन्, ‘मेरो जीवनमा धोका दिने एक जना, नाम सार्वजनिक गर्दै छु।’  त्यसपछि २:१३ मा अर्को स्टाटस लेख्दै चन्दले लेखेका छन्, ‘त्यो हनी ट्र्यापर हो। एक घण्टामा नाम सार्वजनिक गर्दै छु।’

केही दिनअघि उनले आफूलाई सामाजिक अभियन्ता बताउने तारा बरालसँग विवाह गर्ने सहमति गरेका थिए। सामाजिक सञ्जालमा उक्त सहमति कागज भाइरल बनेपछि उनले आफूले नशाको तालमा उक्त सहमतिमा हस्ताक्षर गरेको बताएका थिए। त्यससँगै बरालले पनि चन्दले दुई जनाबीच भएको सहमति तोडेको आरोप लगाएकी थिइन्।

प्रकाशित: ५ मंसिर २०८० १५:२६ | Tuesday, November 21, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − twelve =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast