पुनः मञ्चन हुँदै ‘ब्युँझिएको सिरानी’

हिमाल प्रेस ३ मंसिर २०८० १८:३० | Sunday, November 19, 2023
पुनः मञ्चन हुँदै ‘ब्युँझिएको सिरानी’

काठमाडौँ- नाटक ‘ब्युँझिएको सिरानी’ पुनः मञ्चन हुने भएको छ। नयाँ पोस्टर सार्वजनिक गर्दै निर्देशक जेडी तमूले पुनः मञ्चन गर्न लागेको जानकारी दिएका छन्। दर्शकको अत्याधिक मागको कारण पुनः मञ्चन गर्न लागेको निर्देशक तमूले बताए।

‘त्यतिबेला नाटकघरमा हाउसफूल हुँदाहुँदै पनि चाडपर्वको कारण मञ्चन रोक्नुपरेको थियो।’ निर्देशक तमूले भने। ‘चाडपर्व सकिएपछि हामीले पुनः मञ्चन गर्न लागेका हौँ। दर्शकले फेरि हामीलाई उत्तिकै माया गर्नुहुनेछ भन्ने विश्वास छ।’

नाटक गत असोज १६ देखि ३० गतेसम्म थापागाउँस्थित मण्डला नाटकघरमा मञ्चन भएको थियो।   यसपटक भने नाटक बत्तिसपुतलीस्थित शिल्पी थिएटरमा मञ्चन गरिनेछ। नाटक मंसिर १५ देखि ३० सम्म मञ्चन गरिने निर्देशक तमूले बताए। नाटक प्रत्येक दिन बेलुका पाँच बजे मञ्चन हुनेछ। शनिबार भने दिउँसो १ बजेको अतिरिक्त सो पनि रहेको छ।

मानसिक स्वास्थ्यको विषयमा आधारित नाटकमा कलाकार रूपेश लामा, वेदना राई, सुरज तमू, मनि के राई, सुजन सेनेहाङ, सृष्टि महर्जन, दिया शाक्य, रेनुका घर्ति मगर, मुस्कान राउत, लुनिभा महर्जन, रामचन्द्र मनेरू, ग्लोरी थापा, सृजना भट्टराईलगायतले अभिनय गरेका छन्।

वाइ स्ट्यान्ड डान्स स्कुलको प्रस्तुति र इलाम गुरुङ समाजको सह प्रस्तुतिमा नाटक मञ्चन गरिएको हो।

प्रकाशित: ३ मंसिर २०८० १८:३० | Sunday, November 19, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five + ten =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast