पुतलीबजारमा सानिमा बैंकको शाखा

हिमाल प्रेस १३ मंसिर २०८० १६:१९ | Wednesday, November 29, 2023
पुतलीबजारमा सानिमा बैंकको शाखा

काठमाडौँ– सानिमा बैंक लिमिटेडले स्याङ्जाको पुतलीबजारमा शाखा स्थापना गरेको छ। उक्त शाखा कार्यालयको उद्घाटन ब्रान्ड प्रवद्र्धक वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ, बैंकका सञ्चालक रमेशकुमार पोखरेल तथा बैंकका प्रमुख कार्यकारी अधिकृत निश्चलराज पाण्डेले संयुक्त रूपमा गरेका हुन्।

समारोहमा कलाकार श्रेष्ठले सबल अनि विश्वसनीय बंैकको रूपमा निरन्तर विस्तार हुन र थप सफलताको लागि शुभकामना व्यक्त गरे।

सञ्चालक रमेशकुमार पोखरेलले सानिमा बैंकलाई विश्वास गरि सबल अनि विश्वसनीय बैंकको रूपमा स्थापित हुन सहयोग गर्ने ग्रहाक तथा सरोकारवालालाई निरन्तर सहयोग तथा संरक्षणका लागि कृतज्ञता व्यक्त गरे।

त्यसैगरी उक्त कार्यक्रममा बोल्दै बैंकका प्रमुख कार्यकारी अधिकृत पाण्डेले स्याङ्जा जिल्लामा शाखा स्थापना गरेर बैंकले स्थानीयलाई विश्वसनीय एवम स्तरीय सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरे।

योसँगै सानिमा बैंकका १३३ वटा शाखा कार्यालय भएका छन्। बैंकका १२३ वटा एटीएम छन्।

प्रकाशित: १३ मंसिर २०८० १६:१९ | Wednesday, November 29, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine − four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast