पार्टी प्रमुखहरू बसेर गर्ने लहडी सम्झौताको भारी हामी बोक्दैनौँ : गगन थापा

हिमाल प्रेस २८ कार्तिक २०८० १७:३६ | Tuesday, November 14, 2023
पार्टी प्रमुखहरू बसेर गर्ने लहडी सम्झौताको भारी हामी बोक्दैनौँ : गगन थापा

काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टी प्रमुखहरू बसेर गरेको लहडी सम्झौताको भारी आफूहरूले नबोक्ने बताएका छन्।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले टिकटक बन्द गर्ने सरकारी निर्णयको बचाउ गरेकोप्रति जवाफ दिँदै महामन्त्री थापाले उक्त धारणा राखेका हुन्।

यसअघि प्रधानमन्त्री प्रचण्डले सत्तापक्ष र प्रतिपक्ष एक ठाउँमा उभिएर टिकटक बन्द गर्ने निर्णय गरिएको बताएका थिए। प्रधानमन्त्रीको सोही अभिव्यक्तिप्रति थापाले टिप्पणी गर्दै तर्क जेजस्तो गरे पनि गलत सधैँ गलत नै हुने उल्लेख गरेका हुन्।

‘प्रमज्यूलाई प्रश्न छ, कुन सहमति? हाम्रो पार्टी नेपाली कांग्रेससँग कहाँ र कहिले भयो छलफल? कहाँ भयो सहमति? कहिले,कसले गर्‍यो सहमति?’ थापाले फेसबुकमा लेखेका छन्।

टिकटक बन्द गर्ने सरकारी निर्णयको प्रधानमन्त्री प्रचण्डले गरे बचाउ

प्रकाशित: २८ कार्तिक २०८० १७:३६ | Tuesday, November 14, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 + 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast