पहिरोमा पुरिएर डोजर चालक मृत्यु

हिमाल प्रेस २५ कार्तिक २०८० १२:५५ | Saturday, November 11, 2023
पहिरोमा पुरिएर डोजर चालक मृत्यु सांकेतिक तस्बिर।

कालिकोट- कर्णाली करिडोर सडक मर्मतका क्रममा पहिरोमा पुरिएर डोजर चालक मृत्यु भएको छ।

करिडोरअन्तर्गत जिरो प्वाइन्ट, कालिकोटको शुभकालिका गाउँपालिका–१ स्थित कालेखोलामा खसेको सुख्खा पहिरोमा पुरिएर डोजर चालकको चालकको मृत्यु भएको हो।

कर्णाली करिडोर जोड्ने जिरो प्वाइन्टको सडक मर्मत गरिरहेकाबेला माथिबाट चट्टानसहित खसेको पहिरोमा पुरिएर कालिकोट पचालभरना गाउँपालिका–८ खडितोलीका ३० वर्षीय धीर सज्यालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी पोषण थापाले जानकारी दिए। सडक फराकिलो गरिरहेकाबेला माथिबाट खसेको पहिरोले पुरिएर डोजर चालकको मृत्यु भएको उनको भनाइ थियो ।

‘माथिबाट चट्टान खसेको चालकलाई केही जानकारीरसंकेत नै भएन। एक्कासी चट्टान खसेपछि भाग्नसक्ने अवस्था भएन’, थापाले भने, ‘चालकको घटनास्थलमा मृत्यु भएको छ।’ पहिरोले डोजर पुरै पुरिएकाले घटना शुक्रबार बेलुकाको भए पनि १८ घण्टापछि आज बिहान मृतकको शव निकालिएको उनले जानकारी दिए।

‘हिजो रात परेकाले अरु पहिरो खस्ने खतरा हुनसक्ने देखिएपछि शव निकाल्न सकिएको थिएन’, थापाले भने, बिहान उज्यालो भएपछि शव निकालेर परीक्षणका लागि जिल्ला अस्पताल लगिएको छ ।” पहिरोले अहिले कर्णाली राजमार्ग अवरुद्ध रहेको र खुलाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको छ ।

प्रकाशित: २५ कार्तिक २०८० १२:५५ | Saturday, November 11, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen + 11 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast