पर्वतारोही निर्मल पुर्जाले लिए गैरआवासीय नेपाली नागरिकता

हिमाल प्रेस २३ कार्तिक २०८० १८:१९ | Thursday, November 9, 2023
पर्वतारोही निर्मल पुर्जाले लिए गैरआवासीय नेपाली नागरिकता

काठमाडौँ- पर्वतारोही निर्मल पुर्जाले गैरआवसीय नेपाली नागरिकता लिएका छन्। बेलायती नागरिकसमेत बनेका पुर्जाले बिहीबार जिल्ला प्रशासन कार्यालय म्याग्दीबाट गैरआवसीय नागरिकता लिएका हुन्। उनको जन्म जिल्ला म्याग्दी हो।

‘यतिखेर मलाई निकै गौरवको अनुभूति भएको छ,’ नागरिकता प्राप्त गरेपछि पुर्जाले भने, ‘जहाँसुकै पनि तिमी को हौ भनेर सोध्दा म नेपाली भनेर आफ्नो परिचय दिन्छु। मेरो आफ्नो आमाजत्तिकै जन्मभूमिप्रति माया छ। मेरो रगतका कणकणमा नेपाल छ। आगामी दिनमा नेपाललाई अन्तर्राष्ट्रिय मञ्चमा चिनाउन अझै प्रयासरत रहन्छु।’

म्याग्दीको दानामा जन्मेका पुर्जाले १६ वर्ष बेलायती गोर्खा सेना र युके स्पेसल फोर्समा सेवा गरेका छन्। पुर्जाले हिउँद याममा विश्वको दोस्रो ठूलो हिमाल केटु चढ्ने पहिलो नेपाली टोलीको सदस्यका रूपमा पनि कीर्तिमान बनाएका छन्।

निम्सदाइ उपनामले पनि चिनिने उनी नेपाल पर्यटन बोर्डका विश्व सद्भावना दूतसमेत हुन्।

प्रकाशित: २३ कार्तिक २०८० १८:१९ | Thursday, November 9, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 + nine =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast