पप्पु कन्स्ट्रक्सनका मालिक रौनियार जसपा छोडेर एमाले प्रवेश

हिमाल प्रेस ५ मंसिर २०८० १५:४७ | Tuesday, November 21, 2023
पप्पु कन्स्ट्रक्सनका मालिक रौनियार जसपा छोडेर एमाले प्रवेश

काठमाडौँ– विवादित पप्पु कन्स्ट्रक्सका मालिक हरिनारायण प्रसाद रौनियार नेकपा एमाले प्रवेश गरेका छन्।  उनलाई मंगलवार एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी प्रवेश गराएका हुन्। पर्साको पोखरियामा आयोजित कार्यक्रममा अध्यक्ष ओलीले उनलाई फूलमाला र टीका लगाएर पार्टीमा प्रवेश गराए।

पूर्व सांसदसमेत रहेका जनता समाजवादी पार्टी (जसपा)का केन्द्रीय सदस्य रौनियारले ठेक्का लिएका विकास निर्माणका अधिकांश काम समयमा पूरा नगरेको भन्दै अत्यधिक विवादमा पर्दै आएका छन्। विसं २०७४ को निर्वाचनमा पर्सा क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका रौनियार कन्स्ट्रक्सनका कारण सांसद पदबाट निलम्बित भएका थिए।

प्रकाशित: ५ मंसिर २०८० १५:४७ | Tuesday, November 21, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast