पद्मरत्न तुलाधर जीवित भएको भए शान्ति प्रक्रिया टुंगिसक्थ्यो : सञ्चारमन्त्री शर्मा

हिमाल प्रेस ६ मंसिर २०८० १२:२६ | Wednesday, November 22, 2023
पद्मरत्न तुलाधर जीवित भएको भए शान्ति प्रक्रिया टुंगिसक्थ्यो : सञ्चारमन्त्री शर्मा

काठमाडौँ- सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले शान्ति प्रक्रिया टुंग्याउन सबैको सहयोग आवश्यक रहेको बताएकी छन्।

राष्ट्रिय विभूति शंखधर साख्वाः दिवसका अवसरमा पद्ममरतन लुमन्ति गुठीले शंखधर उद्यान केन्द्रमा आज आयोजना गरेको कार्यक्रममा उनले पद्मरत्न तुलाधर जीवित भएको भए शान्ति प्रक्रिया टुंगिसक्ने दाबी गरे।

उनले परिवर्तनका लागि लड्ने नेताका रूपमा शंखधर साख्वाःलाई आफूले चिनेको र देशमा संघीयता आउनु पनि शंखधरले देखेको सपना रहेको बताइन्।

मन्त्री शर्माले सम्पूर्ण सरकारी दस्तावेजमा नेपाल संवत्लाई उल्लेख गर्ने मन्त्रिपरिषद्ले निर्णय गरेको पनि जानकारी दिइन्। उनले भने, ‘बहुभाषिक, बहुजातीय, बहुसांस्कृतिक पहिचानका लगि गणतन्त्र आवश्यक छ।’

काठमाडौँ महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलले नेपाल भाषाको संरक्षण र संवर्द्धन गर्न महानगरपालिका भित्रका सबै विद्यालयमा नेपाल भाषा विषय पढाउन थालिएको जानकारी गराइन्। प्राथमिक तहमा पढाइ हुने स्थानीय भाषाले सबै जनालाई भाषा सिक्ने अवसर प्रदान गरेकोे उनको भनाइ थियो।

महानगरका पूर्वप्रमुख विद्यासुन्दर शाक्यले शंखधर साख्वाः सम्पूर्ण नेपालीको भएको बताइन्। नेपाल संवत्का प्रवर्तक शंखधर काठमाडौँका व्यापारी साथै समाजसेवी पनि थिइन्। तत्कालीन अवस्थाको कान्तिपुर इलाकामा बस्ने उनले गरिब नेपालीलाई ऋणमुक्त गराएको इतिहासविद्को दाबी छ।

प्रकाशित: ६ मंसिर २०८० १२:२६ | Wednesday, November 22, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 + 15 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast