पति–पत्नीको झगडाले बैंकक जाँदै गरेको विमान दिल्ली मोडियो

हिमाल प्रेस १३ मंसिर २०८० १५:४२ | Wednesday, November 29, 2023
पति–पत्नीको झगडाले बैंकक जाँदै गरेको विमान दिल्ली मोडियो

नयाँदिल्ली- यात्रीको उद्दण्ड व्यवहारका कारण म्युनिखबाट बैंककका लागि उडेको लुफ्थान्साको विमानलाई बुधबार दिल्लीतर्फ मोडिएको छ। ‘विशेष रूपमा पति–पत्नीबीचको विवादका कारण बोर्डमा कोलाहलपूर्ण आचरणको रिपोर्ट आएपछि क्याबिन चालक दलले यस्तो निर्णय गरेको हो,’ स्रोतले बताएको छ।

दिल्ली विमानस्थलको उड्डयन सुरक्षाले भनेको छ, ‘पति–पत्नीबीचको झगडाको कारण अहिलेसम्म थाहा भएको छैन, तर उनीहरूको झगडाका कारण विमानलाई मोड्नुपर्‍याे।’

विमानले सुरुमा पाकिस्तानको निकटवर्ती विमानस्थलमा अवतरण गर्ने अनुमति मागेको थियो। तर, अज्ञात कारणले त्यो अनुरोध पूरा गरिएन। त्यसपछि विमान सुरक्षित रूपमा दिल्ली विमानस्थलमा अवतरण भयो।

विमानबाट अनियन्त्रित पुरुषलाई उतारेर विमानस्थलको सुरक्षा निकायलाई बुझाइएको छ। लुफ्थान्सा एयरले यसबारे अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन। रासस

प्रकाशित: १३ मंसिर २०८० १५:४२ | Wednesday, November 29, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 + 15 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast