नेपालीको कोखदेखि शोकसम्म सामाजिक सुरक्षा कोष : प्रधानमन्त्री

हिमाल प्रेस ११ मंसिर २०८० १५:१२ | Monday, November 27, 2023
नेपालीको कोखदेखि शोकसम्म सामाजिक सुरक्षा कोष : प्रधानमन्त्री फाइल तस्बिर।

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहालले सामाजिक सुरक्षा कोषले श्रमिकलाई सुरक्षित बनाउन थालेको बताएका छन्। छैटौँ सामाजिक सुरक्षा कोष दिवसको कार्यक्रमलाई सम्बोधन गर्दै उनले सम्पूर्ण नागरिकको कोखदेखि शोकसम्म कोषले सुविधा दिन थालेको बताएका हुन्।

प्रधानमन्त्री दाहालले सामाजिक सुरक्षा कोषमा स्थानीय तहसमेत जोडिन थालेको र यसले वैदेशिक रोजगारीमा कार्यरत कामदारलाई पनि आर्कषण गर्न थालेको बताए। ‘कोषको सुविधा धेरै नेपालीहरू लिन थालेका छन्। यसमा पछि परेका मजुदरसमेत जोडिन थालेका छन्। यो ठूलो उपलब्धी हो’ उनले भने। सरकारले सामाजिक सुरक्षा कोषका समस्या समाधान गर्दै लैजाने र श्रमिकमैत्री बनाउन लागि परेको  उनको भनाइ छ।

कोषमा पाँच वर्षमा करिब १८ हजार रोजगार दातामार्फत ९ लाख भन्दा बढी श्रमिक आवद्ध भएका छन्। करिब ४५ अर्ब रुपैयाँ जम्मा भएको छ। कोषका विभिन्न योजनाबाट श्रमिकले लाभ लिइरहेको कोषले जनाएको छ।

प्रकाशित: ११ मंसिर २०८० १५:१२ | Monday, November 27, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast