नेपाललाई तेस्रो रजतपदक दिलाउने खेलाडी सम्मानित

हिमाल प्रेस २७ कार्तिक २०८० १४:५६ | Monday, November 13, 2023
नेपाललाई तेस्रो रजतपदक दिलाउने खेलाडी सम्मानित

काठमाडौँ- चीनको हाङझाउमा भएको १९औँ एसियाली खेलकुद प्रतियोगितामा नेपाललाई रजतपदक दिलाउने कराते खेलाडी एरिका गुरुङ सम्मानित भएकी छन्। एसएस फाउन्डेसनले सोमबार आयोजना गरेको खेलाडी सम्मान कार्यक्रममा रजतपदक विजेता खेलाडी एरिकालाई सम्मान गरिएको हो।

सम्मानस्वरूप उनले ३१ हजार रुपैयाँ पाइन्। एरिकाले गत असोजमा भएको १९औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत महिला ६८ केजी तौल समूहमा नेपाललाई रजतपदक दिलाएकी थिइन्।
एसियाली खेलकुदको इतिहासमा नेपालका लागि एरिकाले तेस्रोपटक रजतपदक दिलाएकी थिइन्।

त्यस्तै एसियाली खेलकुदमा नेपालले कराँते खेलमा भने पहिलो रजतपदक जितेको थियो । यसअघि तेक्वान्दो खेलबाट सविता राजभण्डारी र प्याराग्लाइडिङ टिमले रजतपदक जितेको थियो।

कराते खेलका मुख्य प्रशिक्षक कुशल श्रेष्ठ पनि सम्मानित भएका छन्। सम्मानस्वरुप उनले ३१ हजार रुपैयाँ प्राप्त गरे।

राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता तथा सांसद पशुपति शम्शेर जबराले आमनेपाली जनतालाई तिहार र छठको शुभकामना दिँदै नेपालले अन्य क्षेत्रमा उल्लेखनीय सफलता हासिल गर्न नसके पनि खेलकुद क्षेत्रमा सफलता हासिल गरेकामा खुसी व्यक्त गरे।

प्रकाशित: २७ कार्तिक २०८० १४:५६ | Monday, November 13, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − six =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast