नेपालमा व्यवसाय गर्न पाकिस्तानी व्यवसायीलाई आग्रह

हिमाल प्रेस ३० कार्तिक २०८० १७:३४ | Thursday, November 16, 2023
नेपालमा व्यवसाय गर्न पाकिस्तानी व्यवसायीलाई आग्रह

काठमाडौँ- पाकिस्तानका लागि नेपाली राजदूत तपस अधिकारीले नेपालमा व्यवसाय गर्न पाकिस्तानी व्यवसायीलाई आग्रह गरेका छन्।

बिहीबार खैबर पख्तुनख्वा प्रान्तमा रहेको हरिपुर चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्री (एचसीसीआई)का प्रतिनिधिहरूसँगको भेटमा उनले उक्त आग्रह गरेका हुन्। बिहीबार राजदूत अधिकारीले एचसीसीआईका अध्यक्ष मुहम्मद तैयब खान स्वातीलगायत पदाधिकारीहरूसँग भेटेका थिए।

सो अवसरमा उनले नेपाल र पाकिस्तानमा आर्थिक अवसरहरू विस्तार गर्न द्विपक्षीय र क्षेत्रीय आर्थिक सहयोगमा केन्द्रित हुन आग्रह गरे।

‘उनीहरूलाई आफ्ना उत्पादनहरू र व्यापार नेटवर्किङका लागि नेपालमा व्यापार अवसरहरू खोज्न मार्च २०२४ मा काठमाडौँमा हुने नेपाल एक्सपोमा भाग लिन अनुरोध गरेँ,’ राजदूत अधिकारीले भने, ‘प्रत्यक्ष वैदेशिक लगानी र नेपालमा व्यवसायका लागि उपलब्ध अन्य सुविधासम्बन्धी नेपाल सरकारको नीतिबारे जानकारी गराए।’

राजदूत अधिकारीले हत्तर औद्योगिक क्षेत्रको पनि भ्रमण गरी उत्पादन सुविधासम्बन्धी जानकारी लिए। ४०० भन्दा बढी उत्पादन एकाइ रहेको हात्तर औद्योगिक क्षेत्र पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तको सबैभन्दा ठूलो औद्योगिक क्षेत्र हो।

प्रकाशित: ३० कार्तिक २०८० १७:३४ | Thursday, November 16, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast