नेपालगन्जको बोरा गोदाममा आगलागी

हिमाल प्रेस ३० कार्तिक २०८० ९:०६ | Thursday, November 16, 2023
नेपालगन्जको बोरा गोदाममा आगलागी

काठमाडौँ- नेपालगन्जको एक बोरा गोदाममा भीषण आगलागी भएको छ। नेपालगन्ज उपमहानगरपालिका–१ धम्बोझीमा रहेको एसके ट्रेडिङको बोरा गोदाममा आगलागी भएको हो।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता प्रहरी नायब उपरीक्षक नारायण डाँगीका अनुसार आगलागीबाट गोदाममा रहेका सम्पूर्ण बोरालगायतका सामग्री जलेर नष्ट भएको छ।

आगलागीबाट करिब ४० लाख रुपैयाँ बराबरको क्षति भएको ट्रेडिङका सञ्चालक सुरेशकुमार शाहले बताए। यस्तै, झापाको दमकमा हिजो बिहान आगलागी हुँदा २ घरसहित ग्वाली जलेर नष्ट भएको छ।

बुधबार बिहानको समयमा दमक ३ का मनबहादुर बोहोरा र शर्मिला कार्कीको घरमा आगलागी भएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ।

आगलागीमा परेर बोहोराको ग्वालीमा बाँधेको ४ वटा बाख्रा पनि जलेर मरेका छन्। आगलागीबाट नगद २ लाख २४ हजार, ५ तोला सुनलगायत घरमा रहेको भौतिक संरचनासहित करिब ४० लाख बराबरको क्षति भएको बताइएको छ। घरसहित अन्नपात सबै जलेपछि पीडित परिवार छिमेकीकोमा बसेका छन्।

प्रकाशित: ३० कार्तिक २०८० ९:०६ | Thursday, November 16, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast