नबिल बैंकको दराजसँग निःशुल्क ईएमआई अभियान

हिमाल प्रेस २४ कार्तिक २०८० १५:१० | Friday, November 10, 2023
नबिल बैंकको दराजसँग निःशुल्क ईएमआई अभियान

काठमाडौँ– नबिल बैंकले आफ्ना क्रेडिट कार्ड लिएका ग्राहकलाई लक्षित गरी बिना शुल्क ईएमआई अभियान सुरु गर्ने भएको छ। यो साझेदारीसँगै नबिल क्रेडिट कार्ड प्रयोगकर्ताले दराजबाट वस्तु खरिद गर्दा कुनै पनि अतिरिक्त सेवा शुल्क बिना ईएमआईमा रूपान्तरण गर्न सक्नेछन्।

नबिल बैंकले यस सहकार्यमार्फत् क्रेडिट कार्ड प्रयोगकर्ताहरूलाई दराजबाट किनमेल गर्दा लाग्ने खर्च व्यवस्थापन गर्न सहज बनाउने विश्वास गरिएको छ। ग्राहकहरूले कुनै अतिरिक्त शुल्क बिना नैै खरिदको रकमलाई सजिलो ६ महिने मासिक किस्तामा रूपान्तरण गर्न सक्नेछन्।

यस सुविधाका लागि आफ्नो क्रेडिट कार्ड बिलिङ अघि नै बैंकमा दर्ता भएको इमेलबाट आवेदन दिन आवश्यक छ। यसबाहेक ईएमआई रूपान्तरणको लागि तोकिएको अवधि खुलाई [email protected] मा आवेदन दिनुपर्नेछ ।

यस अभियानमा ग्राहकहरूले ६ महिनासम्मको लागि अतिरिक्त लागत विना किस्ता सुविधा पाउने छन्। तत्कालको लागि ५ हजारदेखि दुई लाखसम्मको सामान खरिदमा यस्तो सुविधा दिइएको छ।

साथै नबिल बैंकले दराजको ११ः११ मा गरेको खरिदमा आकर्षक छुट पनि उपलब्ध गराएको छ। ग्राहकहरूले डेबिट कार्ड प्रयोग गर्दा आफ्नो खरिदमा १५ प्रतिशत नगद छुट र क्रेडिट कार्ड प्रयोग गर्दा २० प्रतिशत नगद छुटको सुविधा पाउने जनाइएको छ।

प्रकाशित: २४ कार्तिक २०८० १५:१० | Friday, November 10, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 + eight =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast