 
                             
                                            काठमाडौँ- नक्कली भुटानी शरणार्थी प्रकरणको मुद्दामा काठमाडौँ जिल्ला अदालतले सुनाएको थुनछेक आदेशविरुद्ध दायर पुनरावलोकन निवेदनमाथि उच्च अदालत पाटनले सुनुवाइ सकेको छ।
जिल्ला अदालतको आदेशानुसार पुर्पक्षका लागि थुनामा रहेका अभियुक्तहरुको तर्फबाट बिहीबार जवाफी बहस सकिएसँगै सुनुवाइ सकिएको हो। उच्च अदालतले फैसला भने शुक्रबार सुनाउने बताइएको छ।
गत एक सातादेखि उच्च अदालतका न्यायाधीशद्वय प्रकाश खरेल र जनक पाण्डेको इजलासमा सुनुवाइ भइरहेको थियो। बुधबार सरकारी पक्षबाट सरकारी वकिलहरुले बहस सकेका थिए।
नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउन नेपाल सरकारका मन्त्री र उच्च सरकारी अधिकारी समेत संलग्न भएको भन्दै पूर्वउपप्रधानमन्त्री तथा एमाले नेता टोपबहादुर रायमाझी र पूर्वगृहमन्त्री तथा कांग्रेस नेता बालकृष्ण खाँण तथा तत्कालीन गृहसचिव टेकनारायण पाण्डेसहित २२ जनाविरुद्ध मुद्दा चलेको थियो।

 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 