नक्कली भुटानी शरणार्थी प्रकरण : उच्च अदालत पाटनमा आजदेखि सुनुवाइ

हिमाल प्रेस ५ मंसिर २०८० ९:१३ | Tuesday, November 21, 2023
नक्कली भुटानी शरणार्थी प्रकरण : उच्च अदालत पाटनमा आजदेखि सुनुवाइ शरणार्थी प्रकरणमा थुनामा रहेका खाण र रायमाझी।

काठमाडौँ- नक्कली भुटानी शरणार्थी प्रकरणको मुद्दामा उच्च अदालत पाटनमा मंगलबारदेखि निरन्तर सुनुवाइ हुने भएको छ।

नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाउँदै अमेरिका पठाइदिने भन्दै गिरोह सञ्चालन गरेको मुद्दामा अहिलेसम्म ६ पटक पेशी चढे पनि विभिन्न बहानामा सुनुवाइ हुन सकेको छैन।

पुर्पक्षका लागि थुनामा पठाउने काठमाडौं जिल्ला अदालतको आदेशविरुद्ध मुख्य अभियुक्तले उच्च अदालतमा पुनरावेदन दिएका छन्।

धरौटीमा छुटेका दुईजनाविरुद्ध जिल्ला सरकारी वकिल कार्यालय पनि उच्चमा गएको छ। प्रतिवादीका तर्फबाट ६० जनाभन्दा बढी कानुन व्यवसायीले बहस गर्ने भएकाले आजदेखि निरन्तर सुनुवाइको तालिका तय गरिएको हो।

पूर्वमन्त्रीद्वय बालकृष्ण खाण, टोपबहादुर रायमाझी, पूर्वगृहसचिव टेकनारायण पाण्डे, पूर्वसभासद् आङटावा शेर्पा, भुटानी शरणार्थी नेता टेकनाथ रिजाल, हज कमिटीका पूर्वअध्यक्ष शमशेर मियाँ र तत्कालीन गृहमन्त्रीका सल्लाहकार इन्द्रजित राई थुनामा छन्।

खाणका स्वकीय सचिव नरेन्द्र केसी, टोपबहादुरका छोरा सन्दीप, बिचौलिया केशव दुलाल, सानु भण्डारी, सन्देश शर्मा, रामशरण केसी, गोविन्द चौधरी, हरिभक्त महर्जन र सागर राई पनि पुर्पक्षका लागि थुनामै छन्।

प्रकाशित: ५ मंसिर २०८० ९:१३ | Tuesday, November 21, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen − 11 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast