दोलखामा अन्तर्राष्ट्रिय माउन्टेन बाइकिङ प्रतियोगिता हुँदै

हिमाल प्रेस १२ मंसिर २०८० १६:२३ | Tuesday, November 28, 2023
दोलखामा अन्तर्राष्ट्रिय माउन्टेन बाइकिङ प्रतियोगिता हुँदै

काठमाडौँ- नेपाल पर्यटन बोर्डको प्रर्वद्धन तथा भीमेश्वर नगरपालिकाको समन्वयमा नोभेम्बर २७ देखि २९ सम्म दोलखामा अन्तर्राष्ट्रिय माउन्टेन बाइकिङ प्रतियोगिता ‘हिमालयन एनिग्मा–द ट्रेल अफ द गड्स’को आयोजना हुने भएको छ।

दोलखामा हुने कार्यक्रममा अभ्यास दिवस, सीडीब रन र रेस डे समावेश गरिने नेपाल पर्यटन बोर्डले जानकारी दियो। भीमेश्वर नगरपालिकाका मेयर ईश्वरनारायण मानन्धरले कार्यक्रममा दोलखा माउन्टेन बाइकिङका लागि गन्तव्य बन्ने तयारीमा रहेको बताए।

नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख डा. धनञ्जय रेग्मीले कार्यक्रमले दोलखालाई मात्रै नभइ नेपाललाई टप माउन्टेन बाइकिङ गन्तव्यका रूपमा चिनाउने बताए। उनले यो प्रतियोगिताले दोलखालाई साहसिक पर्यटकीय गन्तव्यका रूपमा थप परिचित बनाउने बताए।

बोर्डका वरिष्ठ निर्देशक हिक्मत सिंह ऐरले दोलखाले सांस्कृतिक, प्राकृतिक र आध्यात्मिक अनुभवको पूर्ण प्याकेज प्रदान गरेको बताउँदै कार्यक्रमले दोलखालाई साहसिक पर्यटनको गन्तव्यका रूपमा विकास गर्ने बताए।

प्रकाशित: १२ मंसिर २०८० १६:२३ | Tuesday, November 28, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast