देवचुलीमा बलेरो दुर्घटना हुँदा ६ जनाको मृत्यु

हिमाल प्रेस २६ कार्तिक २०८० १३:१० | Sunday, November 12, 2023
देवचुलीमा बलेरो दुर्घटना हुँदा ६ जनाको मृत्यु

काठमाडौँ- नवलपरासी (बर्दघाट सुस्तापूर्व) को देवचुलीमा आइतबार बोलेरो गाडी दुर्घटना हुँदा ६ जनाको घटनास्थलमै मृत्यु भएको छ। मृत्यु हुनेमा तीन महिला र तीन  पुरुष छन्।

नवलपुरको बौदीकाली गाउँपालिकाको माझडाँडाबाट सदरमुकामतर्फ गुडिरहेको लु १ ज ३२७० नम्बरको बोलेरो जिप देवचुली नगरपालिका-९ गोरेघुम्तीमा दुर्घटना भएको हो। दुर्घटनामा एक यात्री  घाइते भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी(बर्दघाट सुस्तापूर्व) का प्रहरी नायब उपरीक्षक वेदबहादुर पौडेलले जानकारी दिए।

जिप अनियन्त्रित भई सडक छेउको घरमा ठोक्किन पुगेको थियो। मृतकको सनाखत हुन सकेको छैन। दुर्घटनाबारे विस्तृत अनुसन्धान भइरहको प्रहरीले जनाएको छ।

प्रकाशित: २६ कार्तिक २०८० १३:१० | Sunday, November 12, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − 7 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast