दुर्गा प्रसाई समूहले आज सिफलमा कार्यक्रम गर्ने

हिमाल प्रेस ९ मंसिर २०८० ९:४५ | Saturday, November 25, 2023
दुर्गा प्रसाई समूहले आज सिफलमा कार्यक्रम गर्ने दुर्गा प्रसाई। फाइल तस्बिर

काठमाडौँ- महाअभियानता दुर्गा प्रसाई समूहले आज काठमाडौँको सिफल चौरमा प्रर्दशन गर्ने भएका छन्।

सिफल चौरमा कार्यक्रम गर्न महाअभियानलेशुक्रबार आग्रह गरेको र सोही अनुरूप शान्तिपूर्ण प्रर्दशनका लागि अनुमति दिएको जिल्ला प्रशासन कार्यालय काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यले जानकारी दिए।

यसअघि शुक्रबार तीनकुनेमा गर्न भनिएको प्रदर्शन भने अनुमति नलिएको भन्दै प्रशासनले रोक लगाएको थियो। प्रदर्शनका लागि पुगेकाहरूलाई प्रहरीले पक्राउ गरेको थियो। पक्राउ परेकामध्ये पाँच जनाबाहेक सबैलाई प्रहरीले हिजै छाडेको छ।

उनीहरुलाई प्रहरीले मुद्दा चलाउने तयारी गरे पनि छुटाउने प्रयास भइरहेको महाअभियानले जनाएको छ ।

प्रर्दशनमा संयोजक दुर्गा प्रसाई पनि सहभागि हुने महाअभियानका प्रवक्ता राजानन्द माण्डव्यले जानकारी दिए। त्यसका लागि प्रहरी प्रशासनसँग समन्वय भइसकेको पनि उनको दाबी छ।

प्रकाशित: ९ मंसिर २०८० ९:४५ | Saturday, November 25, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 + thirteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast