काठमाडौँ- राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउन महाअभियानका संयोजक दुर्गा प्रसाईले आजबाट तीनकुनेमा प्रदर्शन गर्ने भएका छन्।
पहिलो दिन बल्खुमा शक्ति प्रदर्शन गरेका प्रसाई आजबाट तीनकुने केन्द्रित हुने भएका हुन्।
प्रसाईंले बिहीबार बल्खुमा गरेको कार्यक्रममा युवा संघका कार्यकर्ता र प्रहरीसँग पटक पटक झडप भएको थियो। त्यस क्रममा केही सवारी साधन तोडफोड हुनुका साथै दुवैतर्फ केही व्यक्ति घाइते भएका थिए।
करिब १० मिनेट बल्खुमा समर्थकलाई सम्बोधन गरेका प्रसाईंले व्यवस्था परिवर्तन नभएसम्म आन्दोलन जारी रहने बताएका थिए।
प्रकाशित: ८ मंसिर २०८० ६:५७ | Friday, November 24, 2023
प्रतिक्रिया





