‘दुई कदम’ को गीत ‘काग भन्दा कोइली चलाख’

हिमाल प्रेस ४ मंसिर २०८० १४:१६ | Monday, November 20, 2023
‘दुई कदम’ को गीत ‘काग भन्दा कोइली चलाख’

काठमाडौँ– फिल्म ‘दुई कदम’को गीत ‘काग भन्दा कोइली चलाख’ सार्वजनिक भएको छ। गीत सोमबार (आज) ओएसआर डिजिटल युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो।

गीत चर्चित गायक प्रताप दास र गायिका मेलिना राईले गाएका छन्। डिपी खनालको शब्द रहेको गीतमा विकास चौधरीले संगीत भरेका छन्।

प्रेम कथामा आधारित गीतको भिडियोमा कलाकार विल्सन विक्रम राई विशेष भूमिकामा देखिएका छन्। साथै अन्य कलाकार गौरव पहारी, इओन लिम्बु, सिमोन गिरी, विमला लिम्बू र गीता ढुंगानालाई देख्न सकिन्छ।

फिल्ममा डेब्यू कलाकार इओन लिम्बु र सिमोन गिरीसहित  सुनिल थापा, कविता आले, सुरवीर पण्डित, बुद्धि तामाङ, प्रेम सुब्बा, अर्जुन गुरुङ, विमला लिम्बू, जीवन लिम्बू, चन्दा दाहाल र  प्रीतिका शर्मालगायतको अभिनय छ।

उदय सुब्बाको निर्देशनमा बनेको फिल्म मंसिर २९ देखि प्रदर्शन हुनेछ। दयाराम घिमिरेले फिल्मको कथा तथा पटकथा लेखेका छन्। अजम्बरी फिल्मस्को ब्यानरमा बनेको फिल्म तारा देवी लिम्बूले लगानी गरेकी छन्।

विक्रम डिसीले छायांकन गरेको फिल्म प्रविन ढकालको सम्पादन, डिपी खनालको शब्द, तारा प्रकाश लिम्बू र विकास चौधरीको संगीत, राजु किराँतीको द्वन्द्व निर्देशन र रामजी लामिछानेको कोरियोग्राफीमा बनेको छ।

प्रकाशित: ४ मंसिर २०८० १४:१६ | Monday, November 20, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 − 11 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast