‘दुई कदम’ को तेस्रो गीत ‘ए मेरा बाबैनी’

हिमाल प्रेस १२ मंसिर २०८० १५:५५ | Tuesday, November 28, 2023
‘दुई कदम’ को तेस्रो गीत ‘ए मेरा बाबैनी’

काठमाडौँ– मंसिर २९ मा प्रदर्शन हुने फिल्म ‘दुई कदम’को तेस्रो गीत ‘ए मेरा बाबैनी’ सार्वजनिक भएको छ। गीत ओएसआर डिजिटल युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो।

गीतमा आशिष अविरल र निरुषा भट्टराईले स्वर दिएका छन्। गायिका भट्टराईको शब्द रहेको गीतमा गायक आशिषले संगीत भर्नुका  साथै संगीत  संयाेजन गरेका छन्।

कविराज गहतराजकाे कोरियोग्राफी रहेको गीतको भिडियोमा अभिनेत्री वर्षा शिवाकोटी र डेब्यू अभिनेता इओन लिम्बूको नृत्य देख्न सकिन्छ। यसअघि फिल्मको शीर्ष गीतसहित ‘काग भन्दा कोइली चलाख’ सार्वजनिक भइसकेको छ।

उदय सुब्बा निर्देशित फिल्मकाे  कथा तथा पटकथा लेखन दयाराम घिमिरेले गरेका छन्। फिल्मको छायांकन धनकुटा, तेह्रथुमको वसन्तपुर, इलाम, झापा र धरानमा गरिएको छ।

फिल्ममा वर्षा र इओनसहित सुनिल थापा, कविता आले, सुरवीर पण्डित, बुद्धि तामाङ, प्रेम सुब्बा, विल्सन विक्रम राई, गौरव पहारी, सिमोन गिरी, विमला लिम्बू, गीता ढुंगाना अर्जुन गुरुङ, विमला लिम्बू, जीवन लिम्बू, चन्दा दाहाल र प्रीतिका शर्मालगायतको अभिनय छ।

विक्रम डिसीले छायांकन गरेको फिल्म प्रविन ढकालको सम्पादन, डिपी खनालको शब्द, तारा प्रकाश लिम्बू र विकास चौधरीको संगीत, राजु किराँतीको द्वन्द्व निर्देशन र रामजी लामिछानेको कोरियोग्राफीमा बनेको छ।

अजम्बरी फिल्मस्को ब्यानरमा बनेको फिल्म तारा देवी लिम्बूले लगानी गरेकी छन्।

प्रकाशित: १२ मंसिर २०८० १५:५५ | Tuesday, November 28, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast