दलहरूलाई प्रसाईको चुनौती : गणतन्त्र कि राजतन्त्र भनेर जनमत संग्रह गरौँ

हिमाल प्रेस ६ मंसिर २०८० १५:४० | Wednesday, November 22, 2023
दलहरूलाई प्रसाईको चुनौती : गणतन्त्र कि राजतन्त्र भनेर जनमत संग्रह गरौँ

काठमाडौँ- व्यवस्था नै परिवर्तन गर्नुपर्ने माग राखेर प्रदर्शनको तयारी गरिरहेका मेडिकल व्यवसायी दुर्गा प्रसाईले जनमत संग्रह गर्न दलहरूलाई चुनौती दिएका छन्। काठमाडौं केन्द्रित प्रदर्शनको एक दिनअगाडि प्रसाईले पत्रकार सम्मेलन गर्दै गणतन्त्र कि राजतन्त्र भनेर जनमत संग्रह गर्न चुनौती दिएका हुन्।

प्रसाई राजतन्त्र फर्काउनु पर्ने अभियानमा छन्। पत्रकार सम्मेलन गरी प्रसाईले भोलिको प्रदर्शनको सम्पूर्ण तयारी पूरा भएकोसमेत जानकारी गराए। बिहीबार प्रसाईले काठमाडौँमा प्रदर्शन गर्दैछन्। त्यसका लागि देशका विभिन्न जिल्लाबाट समर्थकहरू आउनेक्रम जारी रहेको उनको भनाइ छ।

त्यस्तै प्रसाईले बुधबार राति आफ्ना कार्यकर्तामाथि एमालेको युवा संघका नेता कार्यकर्ताले आक्रमण गरेको भन्दै आपत्ति जनाए। ‘एमाले मध्येरातमा महिला सुतेको स्थानमा कार्यकर्ता पठाएर के गर्न खोजेको थियो प्रष्ट थाहा भयो,’ उनले गम्भीर आरोप लगाउँदै भने, ‘अनि जनताले पनि बुझे। एमाले नेता महेश बस्नेतले छोरी मान्छेको गन्ध थाहा पाएपछि युवा संघका कार्यकर्ता त्यहाँ पठाए।’

बुधबारको घटनापछि महिलाको हक अधिकारको कुरा गर्ने हैसियत एमालेले गुमाएको उनको भनाइ छ।

प्रकाशित: ६ मंसिर २०८० १५:४० | Wednesday, November 22, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast